बाजुरा:- नेपाल कम्युनिष्ट पार्टी एमाले बाजुराकाे पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ।आसन्न फागुन २१ गते हुने प्रतिनिधी सभाको निर्वाचनका लागी बाजुरामा एमाले तर्फबाट युवालाई अवसर नदिएकाे भन्दै तालाबन्दी गरिएको हाे।
बाजुरामा नेकपा एमाले केन्द्रीय कमिटीले युवालाई अवसर नदिएकाे असन्तुष्टी जनाउदै एमाले निकटका युवा संघ नेपाल र अनेराववियु बाजुराले संयुक्त रुपमा पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।
पार्टीले नवपुस्ता युवाहरुलाई अवसर नदिई पटक-पटक टिकट पाई उम्मेदवार बनेर जित्दै आएका व्यक्तिलाई टिकट दिएकाे विराेध जनाउँदै पार्टी कार्यालयमा तालाबन्दी गरिएको एमाले निकट राष्टिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटी उपसचिव रामचन्द्र रोकायाले बताए ।
उनका अनुसार,देशमा परिवर्तन ल्याउने आट,शाहस र हुटहुटी भएका युवाहरूई टिकट नदिई पुरानै व्यक्तिलाई टिकट दिएकाे र युवाहरुकाे भावनामाथी खेलवाड गरिएको असन्तुष्टि जनाउँदै तालाबन्दी गरिएको जानकारी दिए।
एमाले केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पुर्व महासचिव नरेश रोकायालाई प्रतिनिधी सभाको निर्वाचनका लागि उम्मेदवार बनाउन टिकट नदिएको र सिंगाे एमाले बाजुरेली युवाहरु माथी खेलवाड गरिएको बताएका छन्।
युवाहरुले यस पटकको निर्वाचनमा एमालेका नयाँ अनुहार लाई उम्मेदवार बनाउनु पर्ने माग राख्दै आएका थिए ।तर एमालेले निर्वाचनका लागि केन्द्रीय कमिटी सदस्य लालबहादुर थापालाई सिफारिस गरेपछि युवाहरु आक्रोसित भएका हुन्।






