बाजुराः– जिल्लाको बुढीनन्दा नगरपालिका कोल्टीले वैदेशिक रोजगारीबाट आर्जित सीप, अनुभव र पूँजीलाई उद्यमशीलतामा जोड्दै आन्तरिक रोजगारी प्रवर्द्धन तथा गरिबी न्यूनीकरण गर्ने उद्देश्यका साथ १० दिने निःशुल्क साबुन सरफ र फिनल बनाउने तालिम सञ्चालन गरेको थियो ।
नगरपालिकाले “सीपबाट रोजगारी, रोजगारीबाट समृद्धि” भन्ने नाराका साथ सामुदायिक स्तरमा युवायुवतीलाई लक्षित गर्दै सिपमूलक तालिम आयोजना गरेको हो। कार्यक्रममा सहभागीलाई साबुन उत्पादन तथा ग्रिनोल (घरेलु सरसफाइ सामग्री) निर्माणसम्बन्धी व्यवहारिक तालिम प्रदान गरिएको जनाइएको छ।
उक्त तालिम २०८३ वैशाख ८ गतेदेखि १३ गतेसम्म सञ्चालन भएको थियो । तालिम बुढीनन्दा नगरपालिकाको सभा हलमा बिहान १० बजे देखि ४ बजेसम्म रहेको थियो ।
नगरपालिकाको रोजगार तथा उद्यम विकास शाखाको आयोजनामा हुने यस कार्यक्रमले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न, सीप विकासमार्फत आत्मनिर्भरता बढाउन र उद्यमशीलता प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।






