बाजुराः– जिल्लामा १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड २०८२ प्रतियोगिता आयोजना गरिएको छ। “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ सञ्चालन गरिएको उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रम मिति २०८३साल वैशाख ८ गते सम्पन्न भएको हो।
उक्त कार्यक्रम बाजुराको बडिमालिका नगरपालिका–स्थित श्री मालिका माध्यमिक विद्यालय, मार्तडीमा आयोजना गरिएको आयोजकले जनाएको छ। जिल्ला खेलकुद समिति, मार्तडी बाजुरा मुख्य आयोजक रहेको यस प्रतियोगितामा बडिमालिका नगरपालिका नगर कार्यपालिकाको कार्यालयले सह–आयोजकको भूमिका निर्वाह गरेको छ।
प्रतियोगितामा जिल्लाभरिका विभिन्न विद्यालयका विद्यार्थी खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। खेलकुदमार्फत विद्यार्थीको सर्वाङ्गीण विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमले युवामा खेलप्रति रुचि बढाउनुका साथै स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने विश्वास गरिएको छ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।






