बाजुराः– बाजुराका हरेक गाउँठाउँ पुग्न निकै कठिन छ। प्राकृतिक भू-वनोटका कारण बाजुराका गाउँबस्ती निकै विकट छन्।हरेक सेवा सुविधाबाट यहाँका गाउँबस्ती दुर छन्।अभावै अभावमा यहाँका नागरिकले जीवन गुजारी रहेका छन्।
संघीयता पछि देशले काँचुली फेरे पनि विकट जिल्लाले अझै काँचुली फेर्न सकेको छैन्। अझै विकासको लहर शहरमै सिमित छ।विकट क्षेत्रका नागरिक विभिन्न सेवा सुविधाबाट बञ्चित छन्।सवारी-साधनलाई अझै फेरीकै भरमा चल्नु पर्ने बाध्यता छ।
बाजुरा पनि यो समस्याबाट अछुत छैन्। बाजुराको एक मात्र कर्णाली पारीको स्थानीय तह स्वामिकार्तिक खापर गाउँपालिका।जहाँ बर्षेनी सवारी-साधन फेरीकै भरमा चल्ने गरेका छन्। सिंगो पालिकाभर चल्ने सवारी-साधनलाई फेरीकै भरले वारपार गर्नु पर्ने अवस्था छ।
स्वामीकार्तिक खापर र जगनाथ गाउँपालिकाको बिचमा पर्ने कर्णाली नदीमा पक्की पुल निर्माण नहुँदा स्वामिकार्तिकमा चल्ने सवारी-साधन बर्षेनी फेरीकै भरमा पर्ने गरेका छन्।पालिकामा सवारीसाधनलाई वारपार गर्न सहज होस् भनेर पालिकाले कर्णाली नदीमा फेरी सञ्चालनमा ल्याएको थियो ।
सञ्चालनमा रहेको फेरी हिउँदको समयमा राम्रोसँग चल्ने गरेको भए पनि बर्षातको समयमा पुर्ण रुपमा बन्द हुने गरेको छ। जसले गर्दा यहाँका नागरिकलाई बर्षेनी बर्षातको समयमा समस्या हुँदै आएको छ।बर्षातमा फेरी बन्द हुँदा पालिकाभर सवारी-साधन ठप्प हुनुका साथै सडक समेत सुनसान बन्ने गरेका छन्।
कर्णाली नदीमा पक्की पुल नहुँदा पालिकामा चल्ने सवारी-साधन फेरीकै भरमा चल्नु पर्ने बाध्यता रहेको स्वामिकार्तिक खापर गाउँपालिका वडा।नम्बर ३ जुकुका स्थानीय धृष्टप्रशाद न्यौपानेले बताए।हिउँदमा सहज भए पनि बर्षातको समयमा सवारीसाधनलाई निकै सास्ती हुने गरेको उनको भनाई छ।
बर्षातको समयमा गाडी नचल्दा गाउँमा उपभोग्य सामाग्री पुर्याउन समेत सकस हुने गरेको उनले बताए। पिठ्युँमा भारी बोकेर झोलुङ्गे पुलको सहायताले दैनिक उपभोग्य सामाग्री ढुवानी गर्नु पर्ने अवस्था रहेको उनको भनाई छ। पक्की पुल निर्माणको लागी स्थानीयले पटक(पटक माग गरे पनि मागको सुनुवाइ भने हुन नसकेको न्यौपानेले जानकारी दिएका छन्।
२०७७ मा सञ्चालनमा आएको फेरीले यहाँका नागरिकको जीवनशैली वदलिएको छ।फेरि सञ्चालन नहुनु पुर्व यहाँका स्थानीय पैदल यात्रा गरेर सामान ढुवानी गर्दै आएका थिए।अहिले फेरि सञ्चालन पछि हिउँदको समयमा दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज भएको छ।फेरिले यहाँका अधिकांश
गाउँबस्ती सडक सञ्जालको पहुँचमा रहेका छन् ।
नदीमा पक्की पुल नहुँदा यहाँका नागरिकलाई थोरै भए पनि राहत मिलोस् भन्ने उदेश्यका साथ फेरी सञ्चालन गरिएको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले बताए ।फेरीकै सहायताले सिंगो पालिकाका विभित्र वडामा सडक-सञ्चालको पहुँच पुगेको उनको भनाई छ।बर्षातमा समस्या भए पनि हिउँदको समयमा फेरिले निकै सहजता प्रदान गर्ने गरेको अध्यक्षले रोकायाले बताए ।
फेरीको सहायताले पालिकामा जिप,ट्याक्टर चलेपछि स्थानीयको जीवनशैली समेत बदलिएको अध्यक्ष रोकायाको भनाई छ। फेरी नै पालिकाका नागरिकको लागी वरदान सावित भएको रोकायाले जानकारी दिए। पक्की पुल निर्माणका लागी प्रदेश तथा संघीय सरकार संग समन्वय,सहकार्य तथा पहल भईरहेको उनले बताएका छन्।
स्वामिकार्तिक खापर गाउँपालिका कर्णाली नदि पारीको पालिको हो।फेरीकै सहायताले अहिले यहाँका अधिकाशंं गाउँ-बस्तीमा सडक पुगेको छ। ती सडकमा हिउँदको समयमा सहज रुपमा गाडी गुड्ने गरेका छन्। बर्षातको समयमा फेरी बन्द हुँदा सवारी(साधन समेत बन्द हुने गरेका छन्।बर्षातको बेला सबै सवारी-साधन जगन्नाथ गाउँपालिकाको पीलिचौर बजारमा रोकिने गरेका छन्।






