बाजुराः– पत्रकार तथा सामाजिक अभियान्ता जितजंग कटेलको समन्वयमा बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर ३ जुकोटका धनराज शाहीको परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।
पिडादायी जिवन विताउदै आएका शाहीको परिवालाई थोरै भए पनि राहत पुगोस् भन्ने उदेश्यका साथ खाद्यान्न सहयोग गरिएको हो।धनराज शाहीको परिवार विगत ८ बर्षदेखि पिडादायी जिवन विताईरहेका छन् । उनका छोरी पुष्पा शाही हिड्डुल गर्न नसक्ने अवस्थाकी छिन् भने छोरा शिशिर पनि राम्रोसंग हिड्डुल गर्न नसक्ने अवस्थाका छन् ।
आर्थिक अभावका कारण शाहीले छोराछोरी उपचार गर्न सकेका छैनन्। केही हप्ता अघि पत्रकार कटेल उनकै घरमा पुगेर उनका छोराछोरीको समस्या बारे जानकारी लिएका थिए । पहिलो चरणमा थोरै भए पनि राहत उपलब्ध गराईएको पत्रकार जितजंग कटेलले जानकारी दिएका छन्।
उनका अनुसार,शुक्रबार स्वयम् आफै शाहीकै परिवारमा पुगेर सामाग्री वितरण गरिएको बताएका छन्।सामाग्रीमा दुई बोरा चामल, दाल,तेल,चिनि,साबुन,दूई क्टारेट अण्डा लगायत कपडा गरेर करिब ८ हजार वरावरको सामाग्री वितरण गरिएको जानकारी दिएका छन्। सामाग्री वितरणले थोरै भए पनि शाहीको परिवारलाई राहत मिल्ने उनले बताए।
शाहीका छोराछोरीको उपचारमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।खाद्यान्न वितरण गरेकोमा शाहीको परिवारले धन्यबाद समेत दिएका हुन्। छोराछोरीको उपचारमा सहयोग पुगेको खण्डमा निकै खुसी लाग्ने शाहीकी श्रीमती राधीका शाहीले बताईन्।उनका अनुसार,छोरी पुष्पा विगत ८ बर्षदेखी थलामा परेकी बताउँदै छोरी मात्रै नभई छोरा शिशिर र श्रीमान समेत विरामी हुँदा निकै समस्या परेको बताएकी हुन्।
उपचार त परै जाओस् विराम के होरु भनेर पत्ता समेत लगाउन नसकिएको उनको भनाई छ ।आर्थिक अभाव नै उनीहरुको परिवारको लागी काल बनेको छ ।गम्भिर शाररीक समस्याबाट छोरी थलामा परेकी छन्। भने छोरा सामान्य हिड्डुल गरिरहेका छन्। शाहीकी छोरी पुष्पा २६ बर्षकि भईन् भने छोरा शिशिर २४ बर्षका भएका छन्।
कक्षा १० उत्तीर्ण गरेपछि,छोरीमा अचानक शारीरिक समस्या देखिन थालेको उनकी आमा राधिका शाहीले बताइन्।क्रमशः उनी हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेकी र समयमै उपचार नपाउँदा अहिले उनी पूर्ण रूपमा थलिएकी शाहीले बताईन् ।त्यस्तै, छोरा शिशिरलाई पनि छोरीलाई देखिएको समस्या पछि–पछि देखा पर्न थालेको बताउदै हाल छोरा पनि सामान्य रूपमा हिँडडुल गर्न बाहेक अन्य काम गर्न नसक्ने अवस्थामा रहेको बताएकी छन्।
दुबै सन्तान बोलचाल गर्न सक्ने भए पनि शरीर चलाउन नसक्ने भएकाले उनीहरूको दैनिकी अरूको सहारामै बितिरहेको आमा राधीकाले बताईन्।आर्थिक अभावका कारण छोराछोरीको उपचार गराउन नसकेको शाहीको भनाई छ ।छोराछोरीको उपचार गराउने शाहीको चाहना भए पनि त्यो चाहना चाहानामै सिमित बनेको छ।
छोराछोरीको उपचारका सहयोग पुर्याउन अपिल समेत गरिएको छ । दुर्गम क्षेत्रका गरिव तथा विपन्न परिवारले अनेकौँ दुख,कष्ट झेल्नुपर्ने बाध्यता रहेको छ ।शाहीको परिवारको घटना एक उदाहरण मात्र भए पनि बाजुरामा यस्ता अनेकौँ समस्या भएका पिडित परिवार छन् जसले आर्थिक अभावका कारण दुखको जिन्दगी विताउनु पर्ने बाध्यता रहेको छ ।






