बाजुराः– बुढिनन्दा नगरपालिका वडा नं ७ का ८३ जना काँग्रेस प्रवेश भएका छन् । नेपाली कांग्रेस बुढिनन्दा नगरपालिकाको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बुढिनन्दा ७ का ८३ जनाले नेकपा एमाले लगायत विभिन्न पार्टी परित्याग गरि नेपाली काँग्रेस प्रवेश गरेको युवा नेता लाल बहादुर रोकायाले बताए ।
आइतबार साँझ गरिएको भेटघाट कार्यक्रममा नेकपा एमालेका संस्थापक नेता नरलाल बिक, पुर्व शिक्षक कृष्ण कुमार गिरी लगायत उहाँका परिवार सहित ८३ जना नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेको नेता रोकायाको भनाइ छ ।
नवप्रवेशीलाई नेपाली काँग्रेस बाजुरा महासमिति सदस्य तथा पुर्व मेयर पदम कुमार गिरी,महाधिवेशन प्रतिनिधि रिता देबि सिहँ,वडा अध्यक्ष तथा जिल्ला कमिटि सदस्य अशोक दानी लगायतका नेताले नेपाली कांग्रेसमा स्वागत गरेका छन् ।
नेपाली काँग्रेस प्रवेश हुनेमा बुढिनन्दा–७ शेरकाटियाँका स्थानीय बढी रहेका छन् ।






