बाजुराः– बाजुरा जिल्ला हिमाली गाउँपालिकामा घुम्ति स्वास्थ्य सिविर संचालन गरिने भएको छ । हिमाली गाउँपालिका भित्र अस्पताल तथा डक्टरको सुबिधा नभएको समस्यालाई मध्यनजर गर्दै हिमाली गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य सिविर संचालन गरिने भएको छ ।
वडा नं। ४,६ र ७ का नागरिकको लागि धुलाचौर आधारभु स्वास्थ्य सेवा केन्द्रमा चैत्र १ गते हिमाली गाउँपालीका वडा नं। २ र ५ का नागरिकहरुका लागी चैत्र २ गते हिमाली गाउँपालिका ५ को कुवाडिमा र हिमाली गाउँपालिका वडा नं। १,२ र ३ का नागरिकहरुको लागी चैत्र ३ गते हिमाली गाउँपालिका १ बिच्छयां स्वास्थ्य चौकीमा सेवा दिईने भएको छ ।






