बाजुराः– जिल्लाको हिमाली गाउँपालिका केन्द्र धुलाचौर बजारमा विधुत सन्चालनमा आएको छ । हिमाली गाउँपालिका र खत्याड गाउँपालिका विधुत बिच सम्झौता अनुसार धुलाचौर बजारमा बिजुली सन्चालनमा आएको छ । साउन २८ गते अविरल वर्षाका कारणले कुवाडी खोला जलविद्युत आयोजना अवरुद्ध हुँदा हिमाली गाउँपालिका नं ४ फैति, बिर्ता वडा नं ५ रुगिन, नदापाटा र वडा नं ६ धिम गाउँमा बस्तीमा अध्यारोमा बस्नुपर्ने बाध्यता थियोे ।
अहिले हिमाली गाउँपालिकाको विशेष पहलमा अधेरो बस्ती उज्यालो भएको छ । कुवाडी खोला जलविद्युत आयोजना अवरुद्ध भएपछि हिमाली गाउँपालिका वडा नं। ४,५ र ६ गाउँबस्ती सोलार टुक्की बाल्ने गरेका थियो । बिशेषगरी धुलाचौर बजारमा बिजुलीबाट बिधुतिय उपकरणहरू सन्चालन गर्ने व्यवसाय बिजुली नहुँदा वेपार घाटा व्यहोरेको थिए । सात महिनापछि धुलाचौर बजार बिजुली झिलीमिली हुँदा अहिले बजार व्यवसायी निकै खुसी भएका बजार व्यवसायीले बताउनुभयो।






