बाजुरा:- जिल्लाको बुढिनन्दा नगरपालिका मा आज बाट राष्ट्रिय परिचयपत्रकाे अन्लाईन सेवा सञ्चालनमा आएको छ । केही महिना अगाडी देखी राष्ट्रिय परिचयपत्र बनाउने सेवा दिदै आएकाे स्रोतले जनाएको छ । उक्त सेवा बाट धेरै सेवा ग्राहीले लाभ लिएको र सेवालाई अझै प्रभावकारी बनाउन अन्लाईन सेवा सुचारु गरिएको जनाएका छन ।
बाजुरा जिल्लाका पुर्वी उत्तरी भेगमा पर्ने चार वटा पालिकाहरू बुढिनन्दा नगरपालिका, स्वामिकार्तिक खापर गाउँपालिका, हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिकाका सेवा ग्राहीले सेवा लिने छन । पहिले राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय जान पर्ने र खर्च धेरै हुने, समय धेरै लाग्ने, मान्छेको भिड हुने लगाएतका समस्या झेल्दै आइरहेको सेवा ग्राहीकाे भनाइ छ । अब आफ्नै पालिकामा नजिकै सेवा लिन पाउँदा स्थानीय खुसी छन ।
उक्त कार्यका लागी चारै वटन पालिकाका प्रमुखहरूकाे अथक प्रयास पछि सफल भएको जनाएका छन । विशेष पहल बुढिनन्दा नगर प्रमुख जनक कुमार बाेहराकाे रहेकाे छ ।
उक्त कार्यक्रममा पुर्व संविधान सभा सदस्य पेम्बा गुरुङ भोटे, पुर्व सुदुरपश्चिम प्रदेश सभा सदस्य बल्देव रेग्मी, बुढिनन्दा नगर प्रमुख जनक कुमार बोहरा नेपाली कांग्रेस नेता डम्बर राेकाया, उक्त पालिकाका वडा अध्यक्षज्युहरु, प्रमुख प्रशासकीय अधिकृत , जनप्रतिनिधि र स्थानीयहरूकाे उपस्थिति रहेको थियो ।
बुढिनन्दा नगरपालिकामा आज बाट राष्ट्रिय परिचयपत्रकाे अन्लाईन सेवा सुचारु
बुढिनन्दा नगरपालिकामा आज बाट राष्ट्रिय परिचयपत्रकाे अन्लाईन सेवा सुचारु
"बुढिनन्दा नगरपालिका "

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





