बाजुराः– सुदूरपश्चिम प्रदेशका पुर्व प्रदेश प्रमुख तथा नेपाली काँग्रेस बाजुराका पुर्व पार्टी सभापति देवराज जोशीले काँग्रेसका नेताहरु एकजुट नभएको भ्रम फैलाएर निर्वाचन जित्ने सपना नदेख्न अन्य उम्मेदवारहरुलाई आग्रह गरेका छन् ।
बुधबार कोल्टीमा नेपाली काँग्रेस बाजुराले आयोजना गरेको आमसभा तथा उम्मेदवारका प्रतिवद्धता सार्वजनिक कार्यक्रममा जोशीले पार्टीका आन्तरिक कुरालाई थाति राखेर फागुन २१ गते हुने निर्वाचनमा काँग्रेसलाई जिताउने गरी एकतावद्ध भएर चुनावी सभामा आएको बताए ।
आफु सहितका केही नेताहरु चुनावको प्रचारमा नआएको र आफुहरु जित्ने भ्रम फैलाउदै गएकाप्रति लक्षित गर्दै सपना मात्र हैन चुनाव जित्ने विपना पनि नदेख्न सुझाव दिएका छन् ।
काँग्रेसका गणेशमान सिंहदेखि शेरबहादुर देउवासम्मका कार्यकर्ता भएकाले काँग्रेस बाहेकमा मतदान गर्ने कल्पना पनि नगर्न प्रतिपक्ष उम्मेदवारहरुलाई स्पष्ट पारेका छन् ।
काँग्रेसमा बेइमानी गर्ने काम नहुनेमा ढुक्क हुन आग्रह गरे । २०१६ सालबाट काँग्रेसको राजनितिमा लागेकाले काँग्रेसलाई घात गर्ने कुनै शंका नगर्न पनि पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् ।
इमान विवेक र नैतिकता भएका काँग्रेसका नेताहरु भएकाले पार्टीमा कुनै घात नहुनेमा विश्वास रहेको जोशीको भनाई रहेको छ । आफु विरुद्ध गरिएको झुटा प्रचारमा प्रभावित नहुन कार्यकर्तालाई आग्रह गरे ।
नेपाली काँग्रेस बाजुराका सभापति रामसिंह रावलको अध्यक्षतमा संचालन भएको कार्यक्रममा पार्टीका सहमहामन्त्री बद्रीप्रसाद पाण्डे प्रमुख अतिथी रहेका थिए ।
आमसभा तथा उम्मेदवारका प्रतिवद्धता सार्वजनिक कार्यक्रममा पुर्व सुदूरपश्चिम प्रदेश प्रमुख तथा पार्टीका पुर्व सभापति देवराज जोशी, उम्मेदवार जनकराज गिरी विशिष्ट अतिथी रहेका थिए ।
यस्तै नेपाली काँग्रेस बाजुराका पुर्व पार्टी सभापति मनबहादुर रावल,कविराज पण्डित, समाुनपातिक उम्मेदवार विद्या देवी तिमिल्सेना,महासमिति सदस्य महा नेपाली,पदम शाही,जुना दानी, काँग्रेस नेता चक्र बहादुर शाह, राष्ट्रिय सभा सदस्य खम्म खाती सहित अतिथी रहेका थिए । कोल्टीको शिवपार्कमा भएको आम सभा कार्यक्रमको संचालन पार्टी सचिव भरत बहादुर रोकायाले गरेका थिए । सभामा काँग्रेसका नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।
भ्रम फैलाएर निर्वाचन जित्ने सपना नदेख्न अन्य उम्मेदवारहरुलाई जोशीको आग्रको
भ्रम फैलाएर निर्वाचन जित्ने सपना नदेख्न अन्य उम्मेदवारहरुलाई जोशीको आग्रको
"नेपाली काँग्रेस बाजुराका पुर्व पार्टी सभापति देवराज जोशी "

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





