बाजुराः– नेपाली काँग्रेसबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार जनकराज गिरीले नयाँ पार्टीहरुले फैलाउदै आएको भ्रमका पछि नलाग्न आग्रह गरेका छन् ।
उनले नेपाली काँग्रेस पुरानो पार्टी भएकाले सम्भावना र चुनौतीहरुलाई सामना गर्न नसक्ने, नयाँ पुस्ताका युवाहरुको माग पुरा गर्न नसक्ने भ्रम फैलाउदै गएकाले त्यसका पछि नलाग्न गिरीले कार्यकर्तालाई अपिल गरेका छन् ।
देशको बेरोजगारी, गरिवी न्युनिकरण लगायतको विकासका सन्दर्भमा काँग्रेस बाहेकको विकल्प नरहेको उम्मेदवार गिरीको भनाई रहेको छ ।
काँग्रेसले नयाँ पन दिने, भ्रष्टाचार न्युनिकरण गर्न काँग्रेसकै नेतृत्वमा भएको उम्मेदवार गिरीको दाबी रहेको छ ।
गिरीले जिल्लामा बेरोजगारी, गरिवी र युवाहरु विदेश पलायनलाई रोक्ने एजेण्डा प्रमुख रहेको बताए ।
नेपाली काँग्रेस बाजुराका सभापति रामसिंह रावलको अध्यक्षतमा संचालन भएको कार्यक्रममा पार्टीका सहमहामन्त्री बद्रीप्रसाद पाण्डे प्रमुख अतिथी रहेका थिए ।
आमसभा तथा उम्मेदवारका प्रतिवद्धता सार्वजनिक कार्यक्रममा पुर्व सुदूरपश्चिम प्रदेश प्रमुख तथा पार्टीका पुर्व सभापति देवराज जोशी, उम्मेदवार जनकराज गिरी विशिष्ट अतिथी रहेका थिए ।
यस्तै नेपाली काँग्रेस बाजुराका पुर्व पार्टी सभापति मनबहादुर रावल,कविराज पण्डित, समाुनपातिक उम्मेदवार विद्या देवी तिमिल्सेना,महासमिति सदस्य महा नेपाली,पदम शाही,जुना दानी, काँग्रेस नेता चक्र बहादुर शाह, राष्ट्रिय सभा सदस्य खम्म खाती सहित अतिथी रहेका थिए । कोल्टीको शिवपार्कमा भएको आम सभा कार्यक्रमको संचालन पार्टी सचिव भरत बहादुर रोकायाले गरेका थिए । सभामा काँग्रेसका नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।
काँग्रेसले नयाँ पन दिने,अन्य पार्टीको भ्रमका पछि नलाग्न आग्रह उम्मेदवार गिरी
काँग्रेसले नयाँ पन दिने,अन्य पार्टीको भ्रमका पछि नलाग्न आग्रह उम्मेदवार गिरी
"नेपाली काँग्रेस बाजुराबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार जनकराज गिरी "

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





