बाजुरा:- बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका -८ का चक्र कठायतकाे स्याउ खेती फस्टाउदै गएको छ । विगत १० वर्षदेखि खापरमाण्डु लेखमा स्याउ व्यवसाय गर्दै आएका थिए । गाउँमा ऋण मागेर स्याउ खेती सुरु गरिएको हो । सुरुमा ५ सय बोट स्याउका बिरुवा लगाएको थिए । पहिला लगाएका र नयाँ स्याउका २५ सय बोट अहिलेसम्म फर्ममा रहेका छन ।
आफुले पहिला स्याउ व्यवसाय गर्दा गाउँमा ऋण लिएर स्याउका बोट किनेर लगाएको हो । नयाँ बिरुवा करिब १४ सय जति फर्ममा लगाएका छन । पहिला लगाएका स्याउका बिरुवाले ३ वर्ष देखि फल दिन सुरु गरेका छन । एउटा बोटबाट ५०/६० केजी स्याउ फल्ने गरेका छन । स्याउ फर्ममा जति उत्पादन गरेपनी बिक्री हुने र भण्डार गर्ने ठाउँ नभएपछि समस्यामा परेको छु । फर्म खाेलेको ठाउँ सडक र विद्युतको पहुँच भन्दा टाढा रहेकोे गुनासो चक्र कठायत गरेका छन ।
सडककाे पहुँच नहुदा अघिल्लो वर्ष १०/१५ क्वीन्टल पिठ्युँमा बोकेर सदरमुकाम मार्तडीमा लगेर बेचेको हो । स्याउ बिक्री गरेर पहिलाे वर्ष ४५/५० हजार रुपैयाँ कमाइ भएको थियो । आमदानी गरेको रुपैयाँँले घर खर्चदेखि बालबच्चालाई पढाई लेखाइमा सहयोग पुगेको छ । पहिला स्याउ लगाएको जग्गामा जौ, गहुँ लगाउने गरिन्थ्यो उक्त ठाउँमा अहिले पुरै स्याउ, ओखर आदिका बिरुवा मात्र लगाएका छान । स्याउकाे भण्डार गर्ने ठाउँको व्यवस्था गरिदिए अझ स्याउ उत्पादन गर्न उत्साह हुन्थे ।
आफ्नो आमदानी राम्रो हुने अवस्था हुन्थ्यो । फर्ममा स्याउ जति फले पनि यसलाई स्टोर गर्ने ठाउँकाे मुख्य समस्या रहेकोे छ । स्याउ स्टोर गर्न समस्या हुँदा तत्काल बिक्री गर्नका लागि बजारीकरण नहुदा स्याउ व्यवसायीले ठुलो समस्या झेल्नुपरेको छ । स्याउका बिरुवालाई आवश्यक पर्ने औजार सामाग्री अभाव छ । स्याउ सम्बन्धि विभिन्न निकायले तालिम गोष्ठीमा समावेश गरिदिएको भए अझ स्याउ खेती फस्टाउने थिए । यो वर्षभन्दा आउँदा वर्षमा स्याउ उत्पादन राम्रो होला जस्तो लागिरहेकाे छ कठायतले बताए ।
स्याउ व्यवसाय सम्बन्धि तालिम पाए राम्रो हुन्थ्यो । रेडियो सुन्दा सुन्दै केही कुरा सिकेको हो । अहिले भखरै श्री खापरमाण्डु कृषि तथा पशुपन्छी फर्म दर्ता गरेर कर कार्यालयमा राजस्व समेत तिरेको छ । अब स्याउ खेतीलाई अझ प्रभावकारी बनाउन सम्बन्धि निकायले भण्डारण गर्ने ठाउँ बनाइदिएको भए विसिजनमा पनि स्याउ बिक्री गर्न सहज हुन्थ्यो भन्ने आशा छ । अहिलेसम्मकै लगाएको बोट मध्य ८ सय वटा बिरुवा फल लागिरहेका छन ।
स्याउ व्यवसाय गर्दै जादा भविष्यमा केही होला भनेर लागेको छु । आफ्नो पालामा नभए छोरा नातिको पालामा केही होला भनेर दुख गरिएको हो । गाउँ भन्दा धेरै जसो लेखमा बस्ने गरेको छ । अहिले स्याउ खेती मात्र नभएर सतुवा र चिराइतो जस्ता बोट लगाएका छन । यो ठाउँ सम्म बिजुली लाइन जोडिएको भए राम्रो हुन्थ्यो ।






